लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ डिसेम्बर, २००९,बिद्यार्थीहरुको चर्को दबाब र आन्दोलन पछि त्रिभुवन विश्वविद्यालयले बढाएको शुल्क कटौती गरेको छ । आज बसेको त्रिवि पदाधिकारीहरुको बैठकले केही समयअघि बढाएको १० गुणा शुल्क घर्टाई पाँच गुणामा झारेको उपकुलपति पा.डा. माधव शर्माले जानकारी दिएका छन् । शिक्षा सुधारका लागि भन्दै त्रिविले १० गुणा शुल्क बृद्धि गरेको थियो । उता त्रिविले बढाएको शुल्कमा ५० प्रतिसत घटाएपनि बिद्यार्थी संगठनहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले बढाएको पुरै शुल्क नघटाएसम्म आन्दोलन जारी रहने बताएका छन् । नेपाल बिद्यार्थी संघका अध्यक्ष प्रदिप पौडेलले भने पुरै शुल्क नघटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ । त्रिविले शुल्क बृद्धि गर्नुनै पर्ने भए समस्या केलाउन बिद्यार्थीहर सहितको संलग्नतामा एउटा समिति बनाइ काम गरेर एउटा श्वेत पत्र जारी गर्नु पर्छ पौडेलले भने ।

No comments:
Post a Comment