News

Mar 18, 2010

लिम्बुवान राज्य परिषदले पूर्वाञ्चलका नौ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, चैत्र ६ - बर्षदिन अघि प्रहरीको गोलीबाट हत्या भएका आफ्ना कार्यकर्ता मनिल तामाङ्गलाई शहिद घोषणा र १० लाख रुपैंयाँ क्षतीपूर्ति माग गर्दै आजबाट संघीय बिद्यार्थी यूनियन लिम्बुवान राज्य परिषदले पूर्बाञ्चलका नौ वटा जिल्ला बन्द गराएको छ । कारण यि जिल्लाहरुमा बजार यातायात र शिक्षण संस्था ठप्प भएको छन् । सरकारले तामाङ्गलाई शहिद घोषणा गर्ने र क्षतीपूर्ति दिने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यन्वयन नगरेकोले दबाबका लागी बन्द आयोजना गरिएको परिषदका झापा अध्यक्ष मन कुमार साम्बाले बताए ।
बन्दका कारण झापाका दमक,बिर्तामोड,भद्रपुर काँकडभिट्टा लगायतका बजारहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन भएका छैनन् । यता संघीय लिम्बूवान राज्य परिषद पालुङ्गा समूहको भातृसंगठन लिम्बूवान बिद्यार्थी परिषदले पनि तामाङ्गका बिषयमा सरकारले गरेको प्रतिबद्धता कार्यनवयन माग गर्दै साता देखि झापाका क्याम्पसहरु बन्द गराएको छ । जसका कारण हजारौं बिद्यार्थीहरु पठनपाठनबाट बञ्चित रहेका छन् । तामाङ्गको गतबर्ष चैत ६गते भएको स्वबियू चुनाब बिथोल्न खोजेको भन्दै प्रहरीले हानेको गोली लागी मृत्यु भएको थियो ।उनी धुलाबारी क्याम्पस झापाका बिद्यार्थी थिए ।

No comments: