लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मार्च, २०१०,पूर्व राजा ज्ञानेन्द्रको शासन कालमा गैरकानुनी रुपमा थुनामा राखिएका पत्रकारहरुले क्षतीपूर्ती बापत ३५ हजार क्षतीपूर्ती पाउने भएका छन् । यसरी थुनामा रहेका पाँचथरका पत्रकार लवदेव ढुङ्गानालाई पुनरावेदन अदालत इलामले क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो । २०६१ साल माघ १९ को कदमपछि ढुङ्गानालाई प्रहरीले फागुन २० गते पक्राउ गरी ५० दिन थुनामा राखेको थियो। नेपाल पत्रकार महासङ्घ, पाँचथरका पूर्व सभापति ढुङ्गानाले गैरकानुनी थुनाविरुद्ध मन्त्रिपरिषद्, गृह मन्त्रालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी र कारागार शाखाविरुद्ध ०६२ साल साउन १६ गते पाँचथर जिल्ला अदालतमा क्षतिपूर्ति पाउनुपर्ने दावीका साथ मुद्दा दर्ता गराएका थिए। जिल्ला अदालतले ०६४ भदौ १२ गते ३५ हजार रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।न्यायाधीशद्वय मोहनबहादुर कार्की र रेवन्तबहादुर कुँवरको संयुक्त इजलाशले बुधबार सो फैसला गरेको हो।

No comments:
Post a Comment