लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया सडक खण्डमा तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुले आज बिहानदेखि अवरोध गरेका छन्। सिरहाबाट मिथिलेस यादवले जनाए अनुसार गत २६ गते सिरहाको औरंगमा विवाहोत्सवका बेला गोली चलाई दुई जनाको हत्या गर्नेलाई पक्राउ गर्न नसकेको विरोधमा गृहमन्त्रीको राजीनामा माग गर्दै राजमार्गमा चक्काजाम गरिएको हो। मारिनेमा तमलोपाको युवा फ्रन्टका जिल्ला सचिव दिलिप शाह पनि थिए।
No comments:
Post a Comment