News

Mar 18, 2010

माओवादीलाई कांग्रेसको 'ग्रिन सिङ्नल'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मार्च, २०१० कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अबको नेतृत्व लिन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरे लगत्तै माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको गृहकार्य सुरु गरेको छ ।
उसले विधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल शुरु गरेको हो । कांग्रेस सभापति कोइरालाले हिजो मात्रै अध्यक्ष प्रचण्डलाई अबको नेतृत्व लिन आग्रह गरेका थिए भने आजै बिहान राष्ट्रपति डा रामवरण यादवले पनि प्रचण्डलाई सहमतिमा अघि बढ्न जोड दिएका थिए ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा वर्तमान सरकारमा सामेल केही दलसमेत राष्ट्रिय सहमतिको सरकारकारलाई समर्थन गर्ने जनाएको माओवादीले दावी गरेको छ। बैठकमा माओवादीले वर्तमान सरकार पूरै असफल भएकोले राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन गर्न आग्रअ गरेको बताईएको छ।
बैठकपछि माओवादी नेता बाबुराम भट्टराईले सदनको प्रमूख दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनगर्ने अन्तराष्ट्रिय स्वीकृत आफुले पाएको दाबी गरे । उनले छिट्टै सहमतिको राष्ट्रिय सरकाका लागि बाटो खुल्ला हुने दाबी समेत गरे ।
आजको छलफलमा सत्तामै सहभागि मधेजी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, माले, राप्रपा, राप्रपा नेपाल, नेकपा एकीकृत, चुरे भावर एकता पार्टीलगायतदलको उपस्थिती थियो । माओवादीको यो अभियानलाई राजनीतिक रुपमा कोइराला र यादवको ग्रिन सिङ्नलको रुपमा लिएको छ ।

No comments: