लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मार्च,२०१०,विश्वकै सबैभन्दा होचो व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डर्समा नाम लेखाएका चिनियाँ नागरिक पिङपिङको निधनपछि नेपालका खगेन्द्र थापामगर फेरि यसै साता रोम जाने भएका छन् । खगेन्द्र विश्वकै सबैभन्दा होचो किशोरको रुपमा नाम लेखाएर केही दिन अगाडि रोमबाट स्वदेश फर्किएका थिए । इटलीस्थित युरो टेलिभिजनको शुटिङका लागि रोममा रहेका पिङपिङको सोमबार निधन भएको थियो । उनी मुटुको समस्याबाट केही बर्ष अगाडिदेखि पीडित रहेको बताइएको छ । खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले पिङपिङको निधनलगत्तै यूरो टिभीले फेरि खगेन्द्रलाई रोम आउने निमन्त्रणा गरेको बताएका छन् । दुई साता अगाडि गिनिज बुकमा नाम लेखाउन रोम गएका खगेन्द्र ६ महिना उमेर नपुगेकाले विश्वको होचो किशोरका रुपमा मात्र नाम दर्ता भएका थिए ।

No comments:
Post a Comment