News

Mar 20, 2010

एमालेलाई जातीय राज्य कुनै हालतमा मान्य नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ६,नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष झलनाथ खनालले जातीय राज्य कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ । १०३ थरिका सिङ्गो जातिको एउटै जात 'नेपाली' भएको र 'नेपाल' नामको एउटै राज्य नेपालीलाई मान्य हुने उहाँले तर्क गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नवौँ महिला भेलालाई शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष खनालले उक्त कुरा बताउनुभएको हो । मानवजाति थुप्रै चरणलाई पार गर्दै आजको अवस्थामा आएकोले पुनः पहिलो चरणकै गणगोत्र (क्लान) को राज्यमा फर्किन नसकिने चर्चा गर्नुभयो । मानिस गणगोत्र, कविला (ट्राइव), जातीय (नेसनालिटी) हुँदै राष्ट्र (नेसन) मा पुगेकाले फेरि उल्टोबाटो हिँड्न नसकिने कुरामा उहाँले जोड दिनुभयो ।

No comments: