News

Mar 18, 2010

दिलवहादुर हत्याको स्मृति सभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/भूपेन्द्र चेम्जोङ
गत वर्षको मार्च १७ मा हङकङ प्रहरीव्दारा निर्मम हत्या गरिएक दिलवहादुर लिम्वूको सम्झनामा धुप वत्ती गर्न र हत्याको निन्दा गर्न गत वुधवार दिउसो निज लिम्वू मारिएको स्थल लोक मान सुन चुनमा एक कार्यक्रम गरिएको थियो । हङकङ नेपाली महासंघको आयोजनामा सम्पन्न सो कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्वू र स्वर्गीय दिलवहादुर लिम्वूको श्रीमति सोनी रार्इले आफ्नो लिखित भनाई पढेका थिए । सोनी रार्इको अंग्रेजी वक्तव्य युनिसनका निर्देशक फर्मी वङले पढेर सुनाएकी थिइन् । कार्यक्रमको पहिलो चरणमा स्वर्गीय लिम्वूको तस्वीरमा फूलको गुच्छा र धुप वालेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको थियो । सोनी रार्इव्दारा सर्वप्रथम तस्वीरमा फूलमाला अर्पण गरेपछि उपस्थित सवैले पालै पालो फूलका गुच्छा र धुपवत्ती वालेका थिए। सोनी रार्इले आफ्नो वक्तव्यमा भनेकी छिन् "मेरो श्रीमान्लाई हत्या गरिएपछि म र मेरो परिवार अकल्पनीय घटनाको छायाँवाट वाहिर निस्केर सामान्य जीवन यापन गर्न कठोर संघर्ष गरिरहेकोछ । हङकङ प्रहरी र कोरोनरले मेरो श्रीमान्को हत्या सम्वन्धि मुद्दालाई जुन तरीकाले अगाडि वढाएको छ त्यसले मलाई दुखवाट झन उम्कन कठीन वनाएको छ । यस वियोगले मेरो ससुराको ज्यान लिएको छ भने मेरो सासु मानसिक रुपमले तनावग्रस्त हुनुभएको छ । मेरो भविष्य भन्दा पनि ठूलो मेरो छोरीको भविष्यमा मलाई चिन्ता छ । उनलाई आफ्नो वुवालाई के भएको हो सही कुरा थाहा पाओस भन्न चाहान्छु ।" दिलवहादुर हत्या प्रकरणको शुरुदेखि साथ दिदै आएको नेपाली महासंघका अध्यक्ष हेमलिम्वूले उपस्थित सवैलाई सहयोगको लागि धन्यवाद दिदै परिवारजनमा समवेदना प्रकट गरेका थिए । उनले लिखित वक्तव्यमा भनेकाछन् । "एक निर्दोष दिलवहादुर लिम्वूको हत्याले हामी सवैलाई दुखी वनाएको छ ।" उनले दिलवहादुर लिम्वूको मृत्यु छानवीन निष्पक्ष भएको हेर्न चहान्छौ भन्दै सोनी रार्इले हालै अदालती सुनुवाई वहिष्कार गरेको तथ्यले अदालत निष्पक्ष नभएको कुरा प्रमाणित हुने वताए । यो सन्दर्भमा महासंघले उठाएको निष्पक्ष तथा स्वतन्त्र आयोगको मागको अझ सान्दर्भिकता रहेको वताए । अर्का वक्ता दिलवहादुर लिम्वू हत्या समितिका पूर्व प्रवक्ता गणेश इजमले दिलवहादुर लिम्वूको वर्वरतापूर्ण हत्या गरिएको सम्झनामा हामी यहाँ भेला भएको भन्दै । सरकार तथा प्रहरीले दिलवहादुर लिम्वूको चरित्र हत्या गर्ने दुष्प्रयास गरेको भनाई राखेका थिए । कार्यक्रमा एक मिनेट मौन धारण पनि गरिएको थियो । कार्यक्रम संचालन भूपेन्द्र चेम्जोङ लिम्वूले गरेका थिए । दिलवहादुर लिम्वूलाई गत वर्षो मार्च १७ तारिख दिको १ वजेर २२ मिनेट जाँदा माथि उल्लेखित स्थानमा मारिएको थियो । तर्सथ १ वजेर २२ मिनेट जाँदा नै कार्यक्रम शुरु गर्ने भनिएतापनि केही ढिलो हुन गएको थियो । कार्यक्रमा दिलवहादुर लिम्वूको सम्झनामा एक मिनेट मौन धारण गरिएकोथियो । कार्यक्रममा नेपाली पत्रकारहरुको उपस्थिति प्राय नगन्य रहेपनि स्थानीय चिनीया पत्रकारहरुको निक्कै भीड रहेको थियो ।

No comments: