News

Mar 19, 2010

गभर्नरमा डा. युवराज खतिवडा लाई नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मार्च, २०१०,लामो विवादपछि सत्तारुढ दुई दल कांग्रेस र एमालेको आपसि सहमतिमा नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा लाई नियुक्त गरिएको छ ।आज अपरान्ह बसेको मन्‍त्रीपरिषद्को बैठकले खतिवडालाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।यस्तै सरकारले गरिबी निवारण कोषको उपाध्यक्षमा विद्याधर मल्लिकलाई नियुक्त गरिएको छ । सिँहदरबारमा आज बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यता मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाइका लागि भारतलाई दिने निर्णय भएकव छ । खतिवडालाई एमाले नेतृत्वको वर्तमान सरकारले असार ८ गते मा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्त गरेको थियो । झापा निवासी खतिवडा यसअघि पनि एमालेको कोटामा आयोग सदस्य थिए । गर्भनर सिफारिस समितिले खतिवडासँगै अर्थसविच रामेश्वर खनाल र राष्ट्र बैंकका डेपुटी गर्भनर वीरबिक्रम रायमाझीको नाम सिफारिस गरेको थियो । कांग्रेसले भने खतिवडालाई अस्वीकार गर्दै आएको थियो । एमालेले भने वर्तमान अवस्थामा केन्द्रीय बैंक हाँक्न सक्ने खतिवडा मात्रै भएको दाबी गर्दै आएको छ । यसअघिका गभर्नर विजयनाथ भट्टराईको कार्यकाल माघ १७ गते सकिएपटि राष्ट्र बैंक नेतृत्वविहीन रहेको थियो ।

No comments: