News

Mar 18, 2010

नग्न नृत्य हुने अत्याधुनिक एक्स बारमा ५२ पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ५- काठमाडौंको सुन्धारामा नग्न नृत्य हुने अत्याधुनिक एक्स बारमा हिजो राति प्रहरीले छापा मारेर ५२ जनालाई पक्राउ गर्‍यो। पक्राउ परेका डान्सर,कर्मचारी र ग्राहकविरुद्ध समाजमा अश्लीलता फैलाएको अभियोगमा सार्वजनिक अपराध ऐन अर्न्तगत कारबाही प्रकृया अगाडि बढाएको छ। बेबिलोन डिस्कोसँगै जोडिएको पाँच तले भवनको चौथो र पाँचौ तलामा सञ्चालनमा थियो सो बार। त्यहाँसम्म पुग्न तल्लो तलादेखि नै बारका बाउन्सरहरुको कडा सुरक्षा घेरा पार गर्नुपर्थ्यो। बारले दिउँसो किशोरकिशोरीलाई लक्षीत गरी बंक पार्टीहरु सञ्चालन गर्दै आएको छ। बेलुका भने त्यहाँ एडल्ट पार्टी सञ्चालन गर्दै आएको थियो।

No comments: