News

Mar 19, 2010

पहाडी जिल्ला बाजुरामा चैतको सुरुवातमै भोकमरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाजुरा, ५ चैत,सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा चैतको सुरुवातमै भोकमरीले सताएको छ । खाद्यान्न लिन सदरमुकामस्थित खाद्यसंस्थानको डिपोमा आउने भोकमरीपीडित सधैँ रित्तो हात र्फकन बाध्य छन् । खाद्यसंस्थानले 'गोदाम खाली छ' भन्दै फर्काउने गरेको उनीहरूले बताएका छन् । बाजुरामा नुनसमेत अभाव भएको छ ।
सरकारले अनुदानमा दिने नुन सात महिनाअघि नै र यस वर्षको खाद्यान्न कोटा पनि फागुनको दोस्रो सातामै सकिएपछि बाजुरामा भोकमरी चलेको हो । 'आफूले उब्जाएको अन्नले तीन महिना पनि खान पुग्दैन, सरकारले दिएको अनुदान पनि सकियो भनेर फर्काउँछन्, अब कसरी बाँच्ने ?' सदरमुकाममा नुन र खाद्यान्न लिन आएका स्थानीयवासीले गुनासो गरे ।
उत्तरी भेगका ११ र सदरमुकामनजिकका ६ गाविसमा भोकमरी लागेको स्थानीय एक गैरसरकारी संस्थाका अध्यक्ष गगन रावलले बताए । यी गाविसमा लामो समयसम्म खडेरी पर्नाले खेतबारीमा लगाएको खाद्यान्न बाली नष्ट भएको उनले बताए । 'अन्न त छैन-छैन, कन्दमुलसमेत छैन,' रावलले भने, 'खाद्यसंस्थानको गोदाम रित्तिएको छ, अब बाजुरामा चरम भोकमरी चल्ने देखिन्छ ।'

No comments: