लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, नागरिक सुरक्षा कोषका नाममा पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गैरकानुनी रूपमा ५० लाखभन्दा बढी रकम उठाउने अभियान शुरू गरेको छ। नागरिक सुरक्षा कोषमा रकम उठाई त्यो रकम सुराकीलाई दिने पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरी नियमावली र वर्तमान कानुनमा प्रहरीले नागरिकसँग पैसा मागेर सुराकीलाई दिने प्रावधान नभए पनि सो कार्यालयले मनोवैज्ञानिक त्रास पारेर व्यवसायी र उद्योगीसँग रकम उठाउन शुरू गरेको हो।मगलबार पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भीष्मराज प्रसाईंले पत्रकार सम्मेलन गरी रकम उठाउने घोषणा गरेका हुन्। यसअघि बिहान उद्योगी-व्यवसायीसँग पैसा उठाउनेबारेमा छलफल गरेका थिए। छलफलमा सहभागी एक व्यवसायीले मनोवैज्ञानिक रूपमा त्रासमा पारेर रकम माग गरेको जानकारी दिनुभयो। रकम कसरी, कुन कानुनी हैसियतमा उठाउने हो, त्यो प्रस्ट नपारी गरिएको यो कामले कानुनी राज्यको उपहास गरेको व्यवसायीको आरोप छ।
No comments:
Post a Comment