लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ मार्च, २०१०विराटनगर,अमेरिकी कार्यवाहक राजदूत डोनाल्ड क्याम्पले माओवादी शन्ति प्रक्रियामा आए पनि उसको आचरणमा सुधार नआएको बताएका छन् । उनले माओवादीको आचरणमा सुधार नआएसम्म अमेरिकाले आतंककारी सूचीबाट नहटाउने जानकारी दिएका छन् । उद्योग संगठन मोरङले हिजो आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले माओवादीको आचरणमा सुधार आएमा आतंककारी सूची फिर्ता लिन सक्ने बताए । उनले माओवादी शान्ति प्रक्रियामा आएकाले अमेरिकाको उसलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन आएको बताए । नेपालका राजनीतिक दलहरु संवेदनशील भई सकारात्मक कार्यतर्फअगाडि बढन आवश्यक रहेको उनको भनाई थियो ।
Mar 16, 2010
अमेरिकाको नजरमा माओवादी उस्तै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment