लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने उद्देश्यका साथ संसद्को विशेष अधिवेशन बोलाउन माओवादीले गरेको तयारीमा सुस्तता आएको छ। अन्य दलहरूसँग कुराकानी भइरहेको भन्दै माओवादीले अधिवेशन आ³वानको योजनालाई दुई/चार दिन पर सारेको छ। आइतबार नै दर्ता गर्ने भनिएको भए पनि मधेसवादी दलबाट पनि र्समर्थन पाउने सम्भावना कम भएपछि ‘गृहकार्य बाँकी रहेको’ भन्न थालिएको छ।
अविश्वास प्रस्ताव ल्याई आफ्नो पक्षमा ३०१ नपुगे पनि सरकारको पक्षमा त्यो संख्या नपुगे सरकारलाई नैतिक संकट पर्छ भन्ने माओवादीको विश्लेषण थियो। तर अविश्वासको प्रस्ताव फेल हुने र सरकारको पक्षमा बहुमत कायम भए माओवादीले आजसम्म ‘कठपुतली’ भन्ने गरेको राजनीतिक रूपमै पूर्णतः गलत साबित हुने विश्लेषण माओवादीभित्रैबाट भएपछि दलहरूसँग थप कुराकानी गरेर मात्र अगाडि बढ्ने सोचाइ बनेको स्थायी कमिटीका एक सदस्यले बताएका छन्।
माओवादीका नेता अमिक शेरचनले सरकारबाहेक जनसरोकारका विषयमा पनि विशेष अधिवेशन आ³वान गर्न सकिने बताउनुभएको छ। रिपोर्टस क्लबमा सोमबार बोल्दै नेता शेरचनले बहुमत पुग्ने स्थिति भएमा मात्र सरकारविरुद्ध अविश्वास प्रस्ताव लगिने नभए अन्य जनसरोकारका विषयमा छलफल गर्न सकिने स्पष्ट पार्नुभएको छ।
एमालेनेता युवराज ज्ञवालीले माओवादीले हिम्मत भए अविश्वास प्रस्ताव ल्याए हुन्छ तर अविश्वास ल्याए असफल हुने निश्चित भएको बताउनुभएको छ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले माओवादीले अविश्वास प्रस्ताव ल्याओस् हामी सानदाररूपमा पराजित गरिदिनेछौं भन्नुभयो।
No comments:
Post a Comment