News

Mar 15, 2010

सभासदद्वारा दुई घण्टा कलैयामा रिले अनशनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, चैत्र २ - तराई मधेश लोकतान्त्रिक पार्टीका सह-महामन्त्री जितेन्द्र सोनलले मकै किसानहरुको आन्दोलनमा एक्यबद्धता जनाउँदै सोमवार कलैयामा दुई घण्टा रिले अनशनमा बसेका छन् ।अनशन बस्नुअघि उनले सरकारले किसानलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे । उनले किसानहरुको मकैमा घोका नलागेको र धानबालीसमेत राम्रो नभएको उल्लेख गरे । 'यो देशको गम्भिर समस्या हो' सोनलले भने । उनले किसानहरुको आन्दोलनलाई केन्द्र समक्ष पुर्याउने र आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए । यसअघि आफ्नो समस्याबारे कृषक हकहित संघर्ष समिति बाराका अध्यक्ष रसुल अन्सारीले आफ्नो समस्या सोनल समक्ष राखेका थिए ।

No comments: