News

Mar 17, 2010

१० मोबाइल सेटलाई खराबको सुचीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क चैत ४ - के मोबाइलको प्रयोगले ब्रेन क्यान्सर हुन्छ? या अरु कुनै साइड इफेक्ट? अहिलेसम्म भएका अनुसन्धानहरुले प्रष्टरुपमा भन्न सकेका छैनन्। कतिले त मोबाइलको प्रयोगले साइड इफेक्ट हुने हल्लामात्र भएको पनि बताएका छन्। जे होस, एउटा यथार्थ के हो भने मोबाइलबाट निस्कने रेडिएसन मानिसका लागि राम्रो हुँदैन। अमेरिकामा आधारित वातावरणसँग काम गर्ने संस्था इडव्लुजीले भर्खरै धेरै रेडिएसन फाल्ने मोबाइलको सुची सार्वजनिक गरेको छ। यो सुचीमा लोकप्रिय मोबाइल कम्पनीहरु एप्पल, एलजी, एचटीसी, मोटोरोला, व्लाकवेरी र स्यामसुङ समेत छन्। अध्ययनमा मानिसको शरीरले मोबाइलले फ्याँकेको रेडिएसनमध्ये कतिमात्रामा ग्रहण गर्छ त्यसैका आधारमा मोबाइल सेटलाई खराबको सुचीमा राखेको छ।
धेरै रेडिएसन भएका मोबाइल सेट
१. मोटोरोला ड्रोइड
२. एप्पल आइफोन थ्रीजी एस
३. एचटीसी नेक्सस वान
४. व्लाकवेरी वोल्ड ९७००
५. सामसुङ इन्सटिङ्ट एचडी
६. मोटोरोला क्लिक
७. मोटोरोला व्रुट आई ६८०
८. पेनटेक इम्प्याक्ट
९. एलजी चकलेट टच
१०. सामसुङ म्याथिक
कम रेडिएसन भएका मोबाइल सेट
१. सान्यो काताना २
२. सामसुङ रग्वी
३. व्ल्याकबेरी स्ट्रोम ९५३०
४. सामसुङ आई ८००० ओम्निमा २
५. सामसुङ प्रोपल प्रो
६. सामसुङ एसजीएच
७. हेली पेन्टेक ओसियन
८. सोनी एरिक्सन डव्लु ५१८
९. सामसुङ एसजीएच
१०. एलजी साइन २
स्रोत : ग्याजेटडटकम

No comments: