News

Mar 17, 2010

कर्णालीमा बस खस्दा ३१ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मार्च, २०१०,कैतु (दैलेख) , चैत्र ५ - कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा मारिएका ३० जनाको लास भेटिएको छ । त्यसमध्ये ८ जना महिला र अन्य पुरुष छन् । मृतकहरुमा दुई बालिका र दुई बालकसमेत छन् । हालसम्म १६ जनाको सनाखत भएको छ । शव गाड्नका लागि नदिको किनारमा खाल्ड खन्न सुरु गरिएको छ । दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो । जिवितै उद्धार गरिएका १२ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेको छ । दुई जना सामान्य घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । उनीहरुले करिव ६० जनाको संख्यामा यात्रु रहेको बताएका छन् । उनीहरु अतालिएका कारण बोलिरहेका छैनन् ।
बेपत्ताहरुको संख्या अझै यकिन हुनसकेको छैन ।आफ्ना मान्छे बेपत्ता भएको भन्दै ९ जनाका आफन्त आइ पुगेका छन् । उनीहरु घट्नास्थलमा रुवावासी गरिरहेका छन् । सुरुमा ३३ जनाको चलानी रहेको बताइए पनि ४५ जनाको चलानी रहेको पनि बताइरहेका छन् । तर, यकिनका साथ भन्ने आधिकारीक व्यक्तिहरु भेटिएका छैनन् । बस सञ्चालक समितिका कर्मचारी तथा पदाधिकारीहरु भागीसकेका छन् ।
। नेपालगञ्जबाट डाक्टरसहितको स्वास्थ्य उपचार टोली घट्नास्थल आइपुगेको छ । कर्णाली राजमार्गको सुरक्षामा खटिएका सैनिक तथा प्रहरीसहित स्थानीय व्यक्तिहरु शवको खोजी तथा उद्धारको प्रयासमा जुटिरहेका छन् ।
छतमा रहेको ६ जना हामफालेर ज्यान जोगाएका छन् ।मृत्यु मध्ये दर्न गिरी, गजन्द्रनाथ योगी, प्रदिपे सार्की, भौकला खाड र उनकी ५ बषिर्या छोरी माया खाड, लक्ष्मी पुन, रजक बिटालु, गिता बस्नेत, अन्सारा बस्नेत, पर्बता बस्नेत, बिष्णु रावत, मनोज शार्की, छबिलाल शार्मा (चितवन), जयरुद्र न्यौपाने, अम्बिका सन्ज्याल र रुद्र न्यौपानेको नाम खुलेको छ ।

No comments: