News

Mar 20, 2010

आज दिउँसो १२ बजेर ११ मिनेट जाँदा कोइरालाको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुर्वप्रधानमन्त्रि एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा निधन भएको छ । कोइराला निवास मण्डिखाटारमा आज दिउँसो १२ बजेर ११ मिनेट जाँदा कोइरालाको निधन भएको हो ।
हिजोदेखि अचेत अवस्थामा रहनु भएका कोइरालालाई बचाउन बिहानैदेखि डाक्टरहरुको ठूलो टोली सक्रिय थियो । तर, उहाँलाई बचाउने बचाउने सबै प्रयासहरु असफल भए । केहि दिनदेखि कोइराला अस्वस्थ्य रहदै आउनुभएको थियो । स्वास्थ्यमा उल्लेखनिय सुधार आएपछि गत बुधबार कोइरालालाई डिस्चार्ज गरी छोरी सुजता कोइराला निवास मण्डिखाटार लगिएको थियो । विहिबारवाट रातिबाट उहाँको स्वास्थ्यमा थप समस्या भएपछि प्रत्यक्ष निगरानीमा मण्डिखाटार स्थीत सुजता निवासमा नै उपचार गरिएको थियो । अहिले मण्डिखटार स्थीत सुजता निवासमा विभिन्न दलका नेता, कार्यकर्ता, पत्रकार तथा शुभेच्छुकहरुको उल्लेख्य मात्रामा उपस्थीति रहेको छ ।

No comments: