लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ मार्च,२०१०,प्रधानमन्त्री माधवकुमार नेपाल अबका १५ दिन कुनै पनि औपचारिक कार्यक्रममा भाग नलिने हुनु भएको छ । शान्ति प्रक्रिया र संविधान निर्माणका लागि सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री नेपालले उक्त निर्णय गर्नु भएको हो । प्रधानमन्त्री नेपाल संविधान निर्माणमा भन्दा पनि उदघाटन, शिलान्यास लगायतका कार्यक्रमहरुमा व्यस्त रहेको भन्दै आलोचना भईरहेको बेलामा प्रधानमन्त्री नेपालले यस्तो निर्णय गर्नु भएको हो ।
No comments:
Post a Comment