लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कर्नाटक/ भारत उत्तर प्रदेशकी मुख्यमन्त्री तथा बहुजन समाज पार्टीकी नेता मायावतीलाई समर्थकहरूले पाँच करोडको माला लगाइदिएका छन् । सोमबार समर्थकले मायावतीलाई कर्नाटकमा पैसैपैसाको माला लगाइदिए । पार्टी स्थापनाको २५औँ वर्षगाँठ तथा पार्टी संस्थापक कान्सी रामको ७६औँ जन्मदिनका अवसरमा समर्थकले उनलाई करोडौँ रुपैयाँको माला लगाइदिएका हुन् । जनताबाट चन्दा लिएको विषयमा मायावती सधैँ विवादमा रहने गरेकी छिन् । उनीमाथि महँगा उपहार लिएको आरोप पनि लागेको छ । उनलाई जन्मदिनको अवसरमा उनका समर्थकले चन्द्रमामा जग्गा उपहार दिएका थिए । मायावतीको घाँटीमा करोडौँ रुपैयाँको माला कहाँबाट आयो ? माला बनाउन कसले सहयोग गर्यो भन्ने विषयमा चर्चा-परिचर्चा चलेको छ । कंग्रेसलगायत समाजवादी पार्टीले यस मालाको सम्बन्धमा छानबिन हुनुपर्ने माग राखेको छ । उत्तरप्रदेश भारतको गरिब राज्यमा गनिन्छ । उत्तर प्रदेशका थुप्रै जनता भोकमरी तथा कुपोषणबाट ग्रस्त छन् ।

No comments:
Post a Comment