News

Mar 16, 2010

एसएलसी परीक्षा चैत १२ देखि २० गतेसम्म हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ३ - परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षामा अनियमिता गर्ने र गराउनेलाई कडा कारबाही गर्ने भएको छ । परीक्षामा अनियमिता गर्नेलाई हदैसम्मको कारबाही तथा गराउनेलाई छ महिना जेल र एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।
चैत १२ देखि २० गतेसम्म हुने परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ६६ हजार ३ सय परीक्षार्थी सहभागी हुनेछन् । एसएलसी परीक्षाको ७६ वर्षे इतिहासमा सबैभन्दा बढी विद्यार्थी संख्या हो । त्यसका निम्ति १५ सय ५० परीक्षा केन्द्र विस्तार गरिएका छन् । परीक्षामा सबैभन्दा बढी काठमाडौंबाट ३२ हजार ७ सय ३९ र सबैभन्दा कम मनाङबाट ९५ परीक्षार्थी सहभागी हुनेछन् ।
विगतमा विद्यार्थीलाई 'चिट चोर्ने र चोराउने' कार्यले प्रश्रय पाएकाले यो वर्ष कडाइ गरिएको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले जनाएका छन् ।

No comments: