News

Mar 20, 2010

प्रधानमन्त्रीले गरे स्व. कोइरालालाई राष्ट्रिय सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ मार्च,२०१०,नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सम्मान अर्पण गरेका छन् । दशरथ रङ्गशालामा राखिएको स्वर्गीय कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री नेपालले राष्ट्रिय झण्डा ओढाई राज्यका तर्फबाट राष्ट्रिय सम्मान अर्पण गरेका हुन् ।नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्वसमेत रहेका स्वर्गीय कोइरालाको पार्थिव शरीर बिहान ९ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाबाट रङ्गशाला ल्याइएको थियो ।राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गरिसकेका स्वर्गीय कोइरालालाई राजकीय सम्मान दिने निर्णय नेपाल सरकारले शनिबार गरेको थियो ।प्रधानमन्त्री नेपाल स्वर्गीय कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन बिहान ८:३० बजे रङ्गशाला पुगेका थिए ।श्रद्धाञ्जलि दिनेक्रममा प्रधानमन्त्री नेपाल अत्यन्त भावुक मुद्रामा प्रस्तुत भएका थिए ।

No comments: