News

Mar 19, 2010

डनका रुपमा चर्चित दीपक मनाङे पार्टी प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ६- अनामनगरस्थित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीको कार्यालमा आज बिहानैदेखि रौनक छाएको थियो। पार्टीले आज एक नयाँ नेता पाउँदै थियो। फूलमालासहित ती नयाँ नेतालाई एउटा औपचारिक कार्यक्रममार्फत् पार्टी प्रवेश गराइयो। उनी थिए- डनका रुपमा चर्चित दीपक मनाङे। एक महिनाअघि धरौटीमा रिहा भएका मनाङे प्रवेश गरेको पार्टी संघीयताको वकालत गर्ने र आफूलाई आदिवासीजनजातिको हितमा बोल्ने दावी गर्ने पार्टी हो। मञ्च संविधानसभाको पन्ध्रौ ठूलो दल हो ।२०५९ जेठमा डायनेस्टी डिस्कोमा भएको कुटपिटको घटनामा दोषी ठहर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनाङेलाई एक वर्षको कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो। सोही अभियोगमा साउन २२ मा पक्राउ परेका उनी भदौ ११ गते सर्वोच्चको आदेशमा रिहा भएका थिए। तर गत वर्षको फागुन १ मा ठमेलको होटल वैशालीअगाडि रहेको होटल स्विटड्रिमबाट पक्राउ परेपछि उनले एक वर्ष डिल्लीबजार कारागारमा बिताएका थिए। त्यहाँबाट रिहा भएपछि उनलाई प्रहरीमाथि हातपात गरेको अभियोगमा फेरि थुनिएको थियो। एक महिनाअघि मात्रै २५ हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन्।

No comments: