लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ४ - राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा बम भेटिएको छ । प्रतिष्ठानको लवीमा बुधबार बिहान भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले बताएको छ । शंकास्पद उक्त बमलाई निष्क्रिय पारिसकिएको र उक्त वस्तु नक्कली बम भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी गणेस केसीले बताए । उक्त नक्कली बमसंगै जातीय संयुक्त जनविद्रोहको अपील लेखिएको पर्चा समेत भेटिएको केसीले जानकारी दिए । प्रहरीको टोलीले नै उक्त बमको निरीक्षण गर्दा नक्कली भएको पुष्टी भएको थयो । । प्रज्ञा भवनमा बुधबार अपरान्ह संघीयता बिरोधी अभियानमा लागेको जनमोर्चाले कार्यक्रम राखेको छ । उक्त कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले बम राखिएको हल्ला चलाउने प्रयास गरिएको हुनसक्ने प्रहरीको कथन छ ।
No comments:
Post a Comment