लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ मार्च,२०१०,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका आकस्मिक र अन्तरंग बाहेकका सबै सेवा आज सोमबारदेखि ठप्प भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले लिएको स्नातकोत्तर परीक्षामा अनियमितता भएको भन्दै चिकित्सकहरुले आजदेखि अस्पताल ठप्प पार्ने घोषणा गरेका हुन् । त्रिवि प्राध्यापक संघ, महाराजगञ्ज चिकित्सा क्याम्पस ईकाई, नेपाल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, शिक्षण अस्पताल याकल्टी डाक्टर्स एसोसिएसन, नर्सिङ क्याम्पस र महाराजगञ्ज क्याम्पस स्ववियु लगायतका संगठनका प्रतिनिधिहरु सहभागी संघर्ष समितिले अनिश्चितकालीन अस्पताल बन्दको घोषणा गरेको हो ।

No comments:
Post a Comment