News

Mar 17, 2010

सौन्दर्यकर्मीहरु पनि आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मार्च,२०१०पोखरा- सौन्दर्यकर्मीहरु पनि विभिन्न मागहरु अगाडि सार्दै आन्दोलनमा उत्रिने भएका छन् । सौर्न्दर्यकर्मीहरुको छाता संगठन नेपाल सौन्दर्यकर्मी यूनियनले पेशागत सुरक्षा र मर्यादाका लागि १५ बुँदे माग अगाडि सार्दै आन्दोलनमा उत्रिने तयारी गरेको छ । यूनियनले हिजो पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । बिना धितो राज्यबाट दुइ लाख कर्जा पाउनुपर्ने, सीर्टीइभीटीबाट सीप परीक्षण गरी पदीय वर्गीकरण हुनुपर्ने रहेको छ।
यसतैसीर्टीइभीटीबाट मान्यता प्राप्त राष्ट्रियस्तरको ट्रेड यूनियनसँग इजाजत पार्लर खोल्न पाउनुपर्ने, स्वास्थ्यकर्मीसरहको मान्यता दिनुपर्ने लगायतका मागहरु यूनियनले अगाडि सारेको छ ।

No comments: