News

Mar 16, 2010

जापानमा अध्ययन गरेका दुई जनालाई लेखनवृत्ति प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २ - नेपाल जापान सम्बन्धका विविध पक्षमा विशेष अनुसन्धान गर्ने नेपाली सोधकर्तालाई प्रत्येक वर्ष प्रदान गरिंदै आएको इमानिसी लेखनवृत्ति सन् २०१० का लागि डा.प्रेमप्रसाद पौडेल र डा.खड्ग केसीलाई प्रदान गरिएको छ ।
जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा लिएर फर्किएका नेपाली विद्यार्थीको संस्था जापानी युनिभर्सिटी एल्मुनाइ एसोसिएशन नेपाल(जुवान) द्वारा प्रदान गरिने सो लेखनवृत्ति सो संस्थाको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा संस्कृति मन्त्री डा.मीनेन्द्र रिजालले सो लेखनवृत्ति प्रदान गरेका हुन् ।
नेपाल जापान सम्बन्धका सामाजिक, विज्ञान, राजनीति, अर्थशास्त्र, वाणिज्य शास्त्र, शिक्षा, साहित्य, कला, इतिहास एवं समाजशास्त्रलगायतका विषयमा गरिने खोज अनुसन्धानका लागि प्रतिश्प्रर्धाका आधारमा दिइने सो लेखनवृत्तिमा प्रमाणपत्र र उपहार रहेको छ । नेपालका एकजना हितैषी नागरिक तोसियो इमानिसीको स्मृतिमा सो लेखनवृत्तिको स्थापना गरिएको हो । वि.सं. १९०२ मा पहिलोपटक आठजना नेपाली युवाले जापानमा सरकारी छात्रवृत्तिमा उच्चशिक्षाको अवसर पाएपछि नेपाली विद्यार्थीका लागि जापानमा अध्ययनको ढोका खुलेको थियो । हाल जापानका विभिन्न विश्वविद्यालयमा करिब १ हजार २०० नेपाली विद्यार्थी सामाजिक अध्ययन, अर्थशास्त्र, कृषि, विज्ञानलगायतका विषयमा अध्ययनरत छन् ।

No comments: