News

Mar 18, 2010

माओवादीको साथ अनिवार्य भएकोमा जोड देउवाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बर्दिवास, चैत ५ - नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले वर्तमान राजनीतिक गतिरोधको निकास सरकार परिवर्तनबाट हुन नसक्ने बताएका छन्। स्थानीय कार्यकर्ताहरुसँगको भेटमा उनले अहिलेको राजनीतिक विषमता अन्त्य गर्न दलहरुबीच सहमति र सहकार्य आवश्यक भएको बताए। नेता देउवाले संविधान लेखन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन एकीकृत नेकपा (माओवादी) को साथ अनिवार्य भएकोमा जोड दिए। आन्तरिक विवाद र संविधानसभा निर्वाचनमा पार्टीले बेहोरेको हारबाट कमजोर भएको नेपाली काङ्ग्रेसलाई एकताबद्ध र मजबुत बनाउन आगामी महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभयो।

No comments: