News

Mar 17, 2010

संसद्को महासचिवमा मनोहरप्रसाद भट्टराईलाई नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ४,राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसद्को महासचिवमा मनोहरप्रसाद भट्टराईलाई नियुक्त गरेका छन्। दुई वर्षदेखि रिक्त महासचिव पदमा संसद् सचिवालयकै सचिव भट्टराई नियुक्त भएका हुन्। तत्कालीन महासचिव सूर्यकिरण गुरूङ रुसको लागि राजदूत बनाइएपछि रिक्त पदमा ०६४ मंसिर २ गतेदेखि कार्यवाहक महासचिव बनाइएका थिए। उनको कार्यकाल पाँच वर्षको हुनेछ। भट्टराईको नियुक्तिपछि संसद् सचिवालयको सचिव पद पनि रिक्त भएको छ। सो पदमा सचिवालयका वरिष्ठ सहसचिव तोयानाथ भट्टराईलाई बढुवा गरिने तयारी भैरहेको स्रोतले जानकारी दियो।

No comments: