News

Mar 20, 2010

बच्चाहरूको च्यानलमा वयस्क भिडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अघिल्लो मंगलबारको कुरा हो, अमेरिकाको क्यारोलिना राज्यमा बालबालिकामाझ लोकप्रिय टिभी च्यानल टाइम वार्नर केबलको टिडब्लुसी च्यानलमा भएका सबै फोनको घन्टी एकै साथ बज्न थाले । फोन उठाउँदा कानमा गालीका शब्द गुञ्जिए । 'तपाईंहरूजस्तो जिम्मेवार च्यानल भएर यस्तो भिडियो प्रसारण गर्ने हो ?' सबैतिरबाट यस्तो प्रश्न आएपछि कर्मचारीहरू दंग परे किनभने उनीहरूलाई यसबारे केही जानकारी नै थिएन । वयस्क भिडियो प्रसारण गर्ने च्यानलका अधिकारीहरूले अभिभावकसँग माफी मागिसकेका छन् । कम्पनीका प्रवक्ताले प्राविधिक गडबडीका कारण यस्तो भएको भन्दै माफी मागेपछि मात्रै फोन आउन बन्द भयो । आक्रोशित बासिन्दाले टेलिभिजन च्यानल तोडफोड गर्ने प्रयास गरेको भए पनि प्रहरीले जोगाएको थियो । टिडब्लुसीले यस्ता गल्ती हुन नदिने खालको प्राविधिक व्यवस्था भएको भए पनि सानो इलाकामा घटना घटेकाले थाहा हुन नसकेको बताएको छ । च्यानलका प्रवक्ता केनिथ पोस्टनले स्थानीय टिभी च्यानलको अन्तर्वार्तामा माफी मागेका छन् । 'जे भयो त्यसका लागि दुःखित महसुस गरिरहेका छौँ,' उनले भने, 'दई घन्टा भन्दा धेरै समयसम्म भिडियो प्रसारण हुँदा पनि हामीले चाल पाउन सकेनौँ, तर जब थाहा भयो तत्कालै हटायौँ । प्लेब्वाई च्यानलको सो भिडियो क्लिप 'किड्स अन डिमान्ड तथा 'किड्स प्रोस्कुल अन डिमान्ड' च्यानलको दाहिने भागमा देखाइएको थियो भने बायाँ भागमा बालबालिकाका लागि तयार गरिएको कार्यक्रमको सूची प्रसारण भइरहेको थियो ।

No comments: