लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतस्थित विभिन्न कलेजमा रकम बुझाएर पढ्न गएका युके पीडित संर्घष समितिले मंगलबार बिहान लैनचौरस्थित बेलायती दूतावासमा एक घण्टा धर्ना दिएका छन्।दिल्लीस्थित बेलायती हार्ड कमिसनले रोकिराखेका पार्सपोट तत्काल फिर्ता दिनुपर्ने, बेलायतका विभिन्न कलेजमा अध्ययनरत करिब १० हजार विद्यार्थीको भविष्य सुनिश्चित हुनुपर्ने, बेलायतका कलेजमा बुझाइएका रकम क्षतिपूर्तिसहित तत्काल फिर्ता गरिनु पर्नेलगायतका माग राखी धर्ना दिएका हुन्।युके पीडित संघका सचिव निरज भट्टराईले हजारौं विद्यार्थीहरूको मागप्रति बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै तत्काल समस्या समाधान हुनुपर्ने बताउनुभयो। संघका पदाधिकारीले मानवअधिकारको समेत हनन् भएको जनाउँदै आज बुधबार नेपालस्थित राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने भएका छन्।
No comments:
Post a Comment