News

Jun 1, 2008

जनजाती महासंघद्वारा गणतन्त्र दिवश हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ, ३० मई-२००८
जनजाती महासंघ हङकङले जोर्डनस्थित नाचघर रेष्टुरेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवश मनाएको छ । २४० बर्षदेखी जरा गडेर बसेको सामन्ति सासनको शक्तिकेन्द्र भत्काएर नयाँ संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको खुशियालिमा शुभकामना आदान प्रदान गर्ने भनिकन उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई जनजाती महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले अध्यक्षता गरेका थिए भने कार्यक्रम चन्द्र दुमी राईले संचालन गरेका थिए । महासँद्वारा निम्त्याइएका विभिन्न सँघ सँस्थाका प्रतिनिधिहरु क्रमश: मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई, आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङ्वा लिम्वू, किरात याक्थुम चुम्लुङ हङकङका ज्ञान माङयुङ (लिम्वू), सृजनशील साहित्य समाज हङकङका अध्यक्ष हाङयुग अज्ञात, हङकङ नेपाली महासंघका उपाध्यक्ष हर्क राना, भुतपुर्व नेपाली महासंघका अध्यक्ष हेजन राई, नेकपा एमाले इकाई कमिटि हङकङका सचिव ओमराज सम्वाहाम्फे, बरिष्ठ संगीतकार दिनेश सुब्बा, खोटाङ डट अर्गका किन्दर राई, किरात राई यायोक्खा हङकङका सचिव शशी मदन राई, नेपाल डट एचकेका सम्पादक प्रकाश के-सी-, एचके नेपाल डट कमका सम्पादक पशन तमु, पाँचथर समाजका अध्ुक्ष कृष्ण लावति, फोटो पत्रकार अम्वू गुरुङ, लिम्वूवान राष्ट्रिय मंचका सचिव सुरेश ईस्पो लगायत अरु थुप्रै संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथि आसनग्रहण गराइएको थियो । अतिथि आसन ग्रहणको कार्यक्रम समाप्त भएपछि नेपलमा परिवर्तनको लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जलीस्वरुप एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई महासंघका तर्फबाट कोषाध्यक्ष गेन राईले स्वागत मन्तव्य दिदैं आफ्ना केही बिचारहरु राखेका थिए । मन्तव्यको क्रममा क्रमश : आदिवासी गितकार समाजका अध्यक्ष प्रदीप कन्दङवा ( लिम्वु), नेपाली महासंघका उपाध्यक्ष हर्क राना, मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई, किरात याकथुम चुम्लुङका अध्यक्ष ज्ञान माङयु, (लिम्वु), र नेपाली महासंघका भुतपुर्व अध्यक्ष हेजन राई रहेका थिए । तयसैगरी सृजनशील साहित्य समाज हङकङका अध्यक्ष हाङयुग अज्ञातले 'आदिवासी क्रान्ति' नामक एक ससक्त कविता पढेर सुनाएका थिए । मन्तव्यको क्रममा बक्ता सबैले नेपालमा आएको परिवर्तन अवशय ठुलो भएको तर आदिवासी जनजातीहरुको आन्दोलन अझै समाप्त नभएको कुराको जिकिर गरे भने अर्को अधिनायक जन्मनसक्ने खतराप्रति पनि सबै नेपाली जनता सजग र सचेत रहनुपर्ने आशयक्ता औंल्याए । सभाअध्यक्ष भुपेन्द्र चेम्जोङले आगन्तुक सबैलाई धन्यवाद दिदैं आफ्ना केही भनाइहरु राखिसकेपशचात उक्त औपचारिक सभाको बसर्जन भएको घोषणा गरे ।

No comments: