News

Jun 1, 2008

गोदावरीमा घुमफिर गर्ने युवायुवतीहरू लुटिने क्रम बढेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डेटिङ स्पट’ को छनोटमा अधिकांश युगल जोडीहरूको प्राथमिकतामा पर्ने गोदावरीमा घुमफिर गर्न गएका युवायुवतीहरू लुटिने क्रम केही समययता बढेको पाइएको छ। आफना प्रेमी वा प्रेमिकासँग फुसदको समय आनन्दले बिताउने, भावना साटासाट गर्ने र प्राकृतिक वातावरणमा रम्ने विविध अपेक्षा राखी त्यहाँ जाने युवायुवतीहरू लुटिएपछि अमिलो मुख लगाएर र्फकने गरेका छन्।विशेषतः गोदावरी बगैंचा आसपासका क्षेत्रहरूमा लुटेराहरूको बिगबिगी बढेपछि शान्त, रमणीय र मनोरम प्राकृतिक वातावरण रहेको सो ठाउँ असुरक्षित बन्दै गएको छ। आफूले जस्तै अरूले पनि त्यस्तो घटनाको सिकार हुनु नपरोस् भन्दै पीडित ललितपुर-१५ सातदोबाटोका अनिल महर्जनले घटनाको विवरण सुनाउँदै भने- आफ्नी प्रेमिकासँग गोदावरी घुम्न जाने क्रममा प्रेमिकाको सुनको सिक्री र ४ हजार रकम नै लुटियो।’नौधारानजिकको जंगलमा प्रेममा डुब्दै कुराकानी गरिरहेका बेला पछाडिबाट आएका दुइ जना नकाबधारी युवकले खुकुरी देखाएर डकैती गरेको उनले बताए। ब्यागमा केके छ, सबै झिक नत्र ...’ भनेर तर्सा गरगहना लुटिएपछि मन निकै काँपेको बताउँदै उनले अन्य प्रेमी जोडीलाई सुझाव दिए- गोदावरीमा र्सतर्क भएर घुम्न जानुहोला।’ललितपुर-६ सुन्धाराका विजया शाक्यलाई पनि त्यस्तै अनुभव छ। त्यति बेला मेरो सातो उडयो जति बेला लुटेराहरूले सुनको सिक्री लगे’, उनले घटनाको सविस्तार सुनाउँदै भनिन्- पासपोर्ट साइज फोटोसमेत लगेर कसैलाई उजुरी दिएमा नराम्रो हुन्छ भनी लुटेराले तर्स पनि।’त्यति बेलादेखि आफू गोदावरीमा घुम्न नगएको बताउँदै उनले भनिन्- बगैंचाभित्र मात्र सुरक्षा छ, आसपासको वातावरण ठीक छैन।’कसैले आफूलाई वाईसीएलका कार्यकर्ता भनेर तर्से र रकम लुट्ने गरेको पनि पीडितहरू बताउँछन्। डराएको बेला वाईसीएल हो वा होइन भनेर कसरी सोध्ने’ -एक पीडितले भने।युवायुवतीको सुनको सिक्री, गरगहना र रकम लुटिएका घटना केही समययता तीव्र भए पनि प्रहरी प्रशासनसँग सबै घटनाको अभिलेख पाइन्न। घुम्न आउने कतिपय जोडीहरू लुटिएपछि घरपरिवारले थाहा पाउने डरले पनि उजुरी दिन नआउने गरेको प्रहरीको अनुमान रहेको छ।लुटपाट र डकैतीका घटनाहरू बढेपछि सुरक्षार्थ गोदावरीआसपासका वनजंगल र पिकनिक स्थलमा जनपथ प्रहरीसँगै सशस्त्र प्रहरीहरू पनि परिचालन गरिएको बोडेगाउँ इलाका प्रहरी कार्यालयले जनाएको छ।इप्रकाका प्रहरी निरीक्षक माधवप्रसाद पोखरेलका अनुसार प्रहरी गस्ती बढाइएपछि अपराधका घटनामा केही कमी आएको छ। केही समयअगाडि ५/७ जनालाई पक्राउ गरेर सजाय दिलाएँ’, प्रहरी निरीक्षक पोखरेलले भने- उजुरी नहाल्ने भएकाले प्रहरी प्रशासनलाई घटनाको छानबिन गरी कामकारबाही अघि बढाउन अप्ठयारो छ।’लुटपाट र डकैतीका घटना रोक्न प्रेमी-प्रेमिकालाई जंगलको कुनाकाप्चा र गोप्य स्थानमा नबस्न अनुरोध गर्दै प्रहरी निरीक्षक पोखरेलले भने- लुटेराहरूले रोमान्स गरिरहेको बेला नै मौका छोप्ने प्रवृत्ति छ। हामीले भेटेसम्म सम्झाइबुझाई फर्काएका छौं।युवायुवती पनि चनाखो हुनुपर्छ। सुरक्षित स्थानमा बस्नुपर्छ।’स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका स्थानीय नेताहरूले सुरक्षाको प्रबन्ध मिलाउन आआफनो स्थानबाट सहयोग गर्नुपर्ने भनाइ पनि प्रहरी निरीक्षक पोखरेलको छ।

No comments: