News

Jun 1, 2008

आजै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज जेठ १९ गते राजा वीरेन्द्रको वंश विनाश भएको दिन। आजै पूर्वराजा ज्ञानेन्द्र शाह देशमा गणतन्त्र घोषणापछि परिवारसहित नारायणहिटी दरबार छाड्दै छन्।सामान बरबुझारथको काम शुरूकरिब ७ सय १ रोपनी क्षेत्र ओगटेको नारायणहिटी दरबार छाडी पूर्वराजा ज्ञानेन्द्र उनका जिजुमुमा सरला राज्यलक्ष्मी देवीसमेतलाई साथ लिएर बाहिरिँदै छन्।पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, मुमा रत्न र जिजुमुमा सरलासहित उनीहरू शाहवंशका केही पुस्ताको आधिकारिक निवास रहिसकेको नारायणहिटी दरबार सदाका लागि छाड्दै छन्।२०५८ साल जेठ १९ गते राति सवा ९ बजे पारिवारिक जमघटमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐर्श्वर्यका पुत्रहरू दीपेन्द्र, नीराजन, पुत्री श्रुति, भाइ धीरेन्द्र, बहिनी शान्ति, जयन्तीलगायतको हत्या भएको थियो।नेपाल सरकारको १५ दिने म्यादसहितको पत्र प्राप्त भएपछि आज आइतबार दरबार छाड्न लागेका पूवराजा ज्ञानेन्द्रले निजी सम्पत्ति सबै निजी आवास निर्मल निवास ओसारिसकेका छन्।नारायणहिटी दरबारभित्र रहेका ७५ वटै जिल्लाको नामबाट बनेका ७५ वटै सभाहल, महेन्द्र मञ्जिल, श्रीसदन, त्रिशूल सदन, गणेश हिमाल सदन सबै अब संग्रहालयमा परिणत हुने भएका छन्।दरबारको दक्षिण ढोकाबाट टावरमा बलिरहेको बत्तीसँगै रहेको मुख्य ढोका सगरमाथा र त्यसपछिको अन्नपर्ण ढोका रहेको दरबारको पछाडिपट्ट महेन्द्र मञ्जिलमा पूवराजा ज्ञानेन्द्रकी आमा रत्न बस्ने गरेकी छिन्। महेन्द्र मञ्जिलपछाडि त्रिशूल सदन रहेको छ।दरबारभित्रको उत्तर ढोकामा शाही रक्षक वाहिनी छ। सैनिक ब्यारेकपछाडि श्रीसदन रहेको दरबारमा राजा वीरेन्द्र बस्ने गरेका थिए। स्वर्गीय राजा वीरेन्द्रलाई अति मन पर्ने सो भवन परम्परागत नेपाली शैलीमा निर्मित छ।हत्या गरिएका राजा वीरेन्द्रका घरहरू त्यत्तिकै रहेका छन्’, दरबार स्रोतले भन्यो- राजा वीरेन्द्रको बाल्यकालदेखि पूरै जीवन त्यही भवनमा बितेको थियो।’संग्रहालय बन्न लागेको नारायणहिटी दरबारको श्रीसदनको पूर्वी भागमा कम्पट्रोलर विभाग र त्यसको उत्तरपट्ट गाईगोठ, घोडा तबेला र त्योसँगै हेलिप्याड रहेको छ। हेलिप्याडको पूवतर्फपोखरी र सेनाको परेड खेल्ने स्थल रहेको छ भने त्यसको दक्षिणपट्ट पूवराजाको पूजाकोठा रहेको छ। पूजाकोठासँगै दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन पूवराजा ज्ञानेन्द्रले भत्काएर नयाँ भवन बनाएका थिए। त्रिभुवन सदनको पूवपट्ट त्रिभुवनकी भित्रिया ९१ वषीया सरलाराज्यलक्ष्मी शाह बसोबास गर्दै आएकी छिन्।पूर्वराजा ज्ञानेन्द्रकी आमा बस्दै आएको महेन्द्र मञ्जिलपछाडिपट्ट पुतली बगैंचा रहेको नारायणहिटीभित्र चारैतिर बाटोको व्यवस्था छ। दरबारको भित्र रहेका यी संरचना आज आइतबारदेखि खाली हुने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र आज जाँदै छन्’, दरबार स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- राति जाने वा दिउँसो टुंगो छैन।’नेपाल सरकारसँग केही समयका लागि नागार्जुन दरबार मागेका तर प्राप्त हुन नसकेपछि अब पूवराजा ज्ञानेन्द्र सपरिवार केही समयका निम्ति निर्मल निवासमा बस्नेछन्।शान्त रूपमा दरबार छाड्न खोजेका पूवराजा ज्ञानेन्द्र हूलहुज्जत भए रातमा बाहिरिन सक्नेछन्’ -स्रोतले भन्यो। पूवराजाले आज आइतबार एक सन्देश दिएर बिदा हुँदै छन्’ -स्रोतले भन्यो।दरबारको सम्पत्ति बरबुझारथ गर्न गृह मन्त्रालयका प्रवक्ता एवम् दरबार सुरक्षा संयोजक मोदराज डोटेल शनिबार नारायणहिटी पुगेका थिए।दरबारले शनिबार सबै कर्मचारीलाई हाजिर गर्राई दुइ दिनभित्र सम्पर्ण सामान बरबुझारथ गर्न आदेश दिएको थियो। दरबारमा हाल ६ विभाग, चारवटा सचिवालय र दुइवटा कार्यालय रहेका छन्।

No comments: