लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मार्च,२०१०,गृहमन्त्री भीम रावलले शान्तिसुरक्षा कायम गर्न आरोप लगाउँदै आएका गृहराज्यमन्त्री रिजवान अन्सारीले राजीनामा दिएका छन् । आज बुधबार राज्यमन्त्री अन्सारीले औपचारिक रुपमा प्रधानमन्त्रीसमक्ष लिखित राजीनामा दिने भएका छन् । गृहमन्त्रीसँग खटपट भएपछि राज्यमन्त्री अन्सारीलाई प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिन निर्देशन दिएका थिए । आज दिउँसो राज्यमन्त्री अन्सारीले प्रधानमन्त्री नेपाललाई लिखित राजीनामा बुझाउने तयारी गरिरहेको बताइएको छ । राज्यमन्त्री अन्सारीले मुलुकमा सुरक्षा अवस्था खस्किनुमा गृहमन्त्री रावल जिम्मेवार भएको भन्दै उनको राजीनामा माग गर्दै आएका थिए । वर्तमान मन्त्रिपरिषदमा उनी एमालेका तर्फबाट एक मात्र निर्वाचित सदस्य रहेका थिए ।

No comments:
Post a Comment