News

Mar 13, 2010

फागुन २९,त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ। संस्थानले यस बर्षको लागि लिन लागेको स्नातोत्तर पिजी परिक्षाको बिषयलाई लिएर बिद्यार्थीले बिरोध गर्ने क्रममा झडप भएको हो।बिहानैदेख बिरोधमा उत्रिएका बिद्यार्थीले परिक्षा प्रक्रियाको विरोध जनाउँदै आएका थिए। झडपका क्रममा सात जना बिद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा स्वतन्त्र बिद्यार्थी युनियनका कोषाध्यक्ष हिमाल कंडेलसहितका छन्। उनीहरुको उपचार शिक्षण अस्पताल महाराजगंजमा भइरहेको छ। घटनमा एक प्रहरी पनि गम्भिर भए। उनको प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ।
बिरोधको क्रममा प्रहरीले क्याम्पस प्रमखु रामप्रसाद उप्रेती, स्ववियु सभापत मनोज कुमार पौडेल, आवासीय चिकित्सक सहित ११ लाई गिरफ्तार गरेको छ। बिरोधमा उत्रिएका बिद्यार्थीले डीन कार्यालयमा ढुंगामुढा प्रहार गर्दा कार्यालयको भवनका झयालहरु फुटेका छन्। प्रहरीले संस्थानको छात्रावास, कान्ति वाल अस्पताल परिसरभित्र पसेर बिद्यार्थी माथि कुटपिट गरेको विद्यार्थीहरुले आरोप लगाएका छन्।

No comments: