लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा/ कतारले २०२२ को विश्वकप फुटबल आयोजना गर्न पाएको खण्डमा दर्शक तथा खेलाडीलाई गर्मीको अनुभूति हुन नदिने वाचा गरेको छ । कतारले यसै साता सो वाचा पूरा गराउने मौका पनि पाउनेछ ।अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अध्ययन टोलीले मंगलबारदेखि कतारको भ्रमण गर्दै छ । त्यसवेला विशेष रूपमा फाइव ए साइड फुटबलका लागि बनाइएको रंगशालाको पनि भ्रमण गर्नेछ । जुन, जुलाई तथा अगस्टमा कतारको औसत तापक्रम ४१ डिग्री सेल्सियस हुने भए पनि सो समयमा त्यस रंगशालाको मैदान तथा प्याराफिडको तापमान २७ डिग्री सेल्सियसमा राखिने गरिन्छ । सौर्य ऊर्जाको मद्दतबाट सो रंगशालामा निरन्तर चिसो हावा बहने गर्छ । आयोजक समितिका प्रमुख कार्यकारी हसन अल थवाडीले आगामी दिनमा सो प्रविधि दर्शकदीर्घाका लागि छुट्याइएको स्थान तथा अभ्यासस्थलमा पुर्याइने दाबी गरे ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, यस वर्षको गर्मी महिनामा कीर्तिमानी तातो महसुस गरिएको तथा जुलाईमा त तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी मापिएको थियो । मध्यपूर्वको सो सानो मुलुकमा अल्कोहलमाथि लगाइएको कडा कानुनले विश्वकप आयोजनामा नकारात्मक असर पुग्न सक्नेछ । साथै २०२२ को आयोजनाको दाबीमा उत्रिएका अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानले विश्वकप वा ओलम्पिक्सको आयोजना गरिसकेकाले पनि कतारको दाबीलाई कमजोर बनाएको छ ।

No comments:
Post a Comment