News

Sep 14, 2010

२८४ जना फरार अभियुक्तको खोजीमा प्रहरीको विशेष टोली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महोत्तरी जिल्लाका २८४ जना फरार अभियुक्तको खोजीमा प्रहरीले विशेष टोली परिचालन गरेको छ ।विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा विगत वर्षदेखि नै कारबाही प्रक्रियाअघि बढाइएका सो सङ्ख्याका फरार अभियुक्तको खोजीमा विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको अपराध अनुसन्धान शाखाको तथ्याङ्कअनुसार फरार अभियुक्तमा कर्तव्य ज्यान मुद्दाका ८१, ज्यान मार्ने उद्योग मुद्दाका ८३, लागुऔषध ओसारपसार मुद्दाका १५, किर्ते नागरिकता मुद्दाका २७ जना र सरकारी छाप दस्तखत किर्ते मुद्दाका नौ रहेका छन् ।त्यसैगरी खुन डाका मुद्दाका १६, आतङ्ककारी विध्वंसकारी मुद्दाका १२, जीउ मास्ने बेच्ने मुद्दाका पाँचजना, डाका मुद्दाका आठजना, केही सार्वजनिक अपराध मुद्दाका सात, अपहरण मुद्दाका चार, कुटपिट अङ्गभङ्ग मुद्दाका पाँच, बहुविवाह मुद्दाका दुई र गर्भपतन मुद्दाका एकजना फरार अभियुक्तको सूचीमा रहेको सो तथ्याङ्कमा उल्लेख छ ।फरार अभियुक्तमा १३ जना महिला रहेका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।प्रहरीले सुरु गरेको फरार अधियुक्त खोजी गर्न अभियानको क्रममा बितेको साताभित्रै छजनालाई पक्राउ गरी सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments: