News

Sep 14, 2010

प्रहरीसँगको भिडन्तमा सशस्त्र समूहका एक मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा भूमिगत रहेर सशस्त्र गतिविधि संचालन गरिरहेको समूह र प्रहरीबीच दोहोरो झडप हुँदा सर्लाहीमा सशस्त्र समूहका एक जना मारिएका छन् । दोहोरो भिडन्तका क्रममा विक्रम भनिने सुरेन्द्र नाम गरेका सशस्त्र समूहका कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीको कर्मैया-३ स्थित बागमती किनारमा आज बिहान दुई पक्षबीच दोहोरो भीडन्त भएको हो । प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बिक्रमलाई पक्राउ गर्न लामो समयदेखि प्रहरी परिचालन गरिएको र उ बागमती क्षेत्रमा रहेको सूचना पाएर प्रहरी त्यहाँ पुग्दा दोहरो भीडन्त भएको बताएका छन् ।प्रहरीका अनुसार उनीहरु ५/६ जनाको समूहमा थिए । प्रहरी देख्ने वित्तिकै प्रहरीमाथि गोली चलाएपछि प्रहरीले कारबाही गर्ने क्रममा उनको मृत्यु भएको हो । केही पहिला सर्लाहीकै ब्रम्हपुरीमा गाविस सचिव इन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी उनैले लिएका थिए । बरहथवाका व्यापारी शम्भु दासको हत्यामा पनि उनकै संलग्नता रहेको प्रहरीको दावी छ।

No comments: