News

Mar 4, 2010

पत्रकार कुट्ने युथफोर्स प्रहरीको फन्दामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मार्च, २०१०मोरङ,पत्रकार विवेक भट्टराईमाथि सांघातिक आक्रमण गर्ने युथ फोर्सका कार्यकर्ता विकास लिम्बुलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीले लिम्बुलाई आज घरबाटै पक्राउ गरेको जनाएको छ ।
विराटनगरवाट प्रकाशित जनविद्रोह दैनिकका सम्वाददाता विवेक भट्टराईलाई स्थानिय युथफोर्स कार्यकर्ताहरुले ज्यान मार्ने धम्की दिएका थिए । उनीहरुले ज्यान मार्ने नियतले वाटो छेकी खुकुरी र तरवारले आक्रमण गरेका थिए । पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ र संचारसम्वद्ध संघसंस्थाहरुले चर्को विरोध गरेपछि प्रहरीले लिम्वुलाई राती उनको घरवाटै पक्राउ गरेको हो । आक्रमणमा संलग्न अन्य पाँच जना अझै फरार रहेका छन् ।

No comments: