News

Mar 3, 2010

तेक्वान्दो खेलाडी दीपकलाई सरकारले १० लाख प्रदान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १९,कीर्तिमान पदकधारी तेक्वान्दो खेलाडी दीपक विष्टलाई नेपाली खेल क्षेत्रमा पुर्‍याएको योगदान वापत सरकारले १० लाख रुपैंया प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदले दीपकलाई नगद पुरस्कारको साथै ढाकामा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुद(साग) को वेला घाइते भएका खेलाडीको सवै उपचार खर्च वेहोर्ने निर्णय गरेको छ । नेपालका सर्वाधिक सफल खेलाडी दीपकले सागमा लगातार चार स्वर्ण जित्न सफल भएका छन् । ओलम्पिकमा छनोट हुन सफल दीपकले एसियाली खेलकुदमा पनि दुई कास्य हात पारेका छन् । सरकारको निर्णयसँगै दीपकले सम्मान स्वरुप नगद हात पार्ने छन् भने उनको सवै उपचार खर्च सरकारले बेर्होने छ । त्यस्तै एघारौं सागको उदघाटन दिन होटलको लिफ्ट चुडिदा घाइते भएका जुडोका सात र भारोत्तोलनका दुई खेलाडीलाई पनि सरकारले उपचार गरिदिने छ । घाइते खेलाडीको उपचारको लागि मन्त्रालयले प्रस्ताव गर्ने र त्यस अनुरुप हुने जनाइएको छ ।

No comments: