News

Mar 8, 2010

ज्ञानेन्द्र र खुमबहादुरबीच गोप्य वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ मार्च, २०१०,नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का र पूर्व राजा ज्ञानेन्द्रबीच आज गोप्य भेटवार्ता भएको छ ।वार्ताका क्रममा नेपाललाई पुनः हिन्दु राज्य बनाउने अभियानमा सक्रिय रहेका कालीबाबाको पनि सहभागिता रहेको थियो । नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने कामना गर्दै पशुपतिको वनकाली क्षेत्रमा कालीबाबाले आयोजना गरेको सहस्र रुद्रचण्डी अखण्ड महायज्ञमा पुगेका पूर्व राजा ज्ञानेन्द्र र काँग्रेस नेता खड्काबीच करिब १५ मिनेट गोप्य वार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भए - सो भने खुलाइएको छैन । पूर्व राजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमलसहित महायज्ञस्थलमा पुगेका थिए । महायज्ञमा पूर्व राजारानीले पुजा अर्चना गर्नुका साथै एक लाख रुपैयाँ दान गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रले आफूले नेपालमा शान्ति चाहेको बताएको कालीबाबाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

No comments: