News

Mar 5, 2010

पूर्वगोर्खा सैनिकहरुको पेन्सन ११.३ प्रतिशतले बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २१ - बेलायती सेनाबाट अवकास पाएका पूर्वगोर्खा सैनिकहरुको पेन्सन ११ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ । सन् २०१० को अपि्रल १ बाट लागु हुने गरी बेलायती सरकारले यो घोषणा गरेको हो । बेलायती दूतावासले यहाँ जारी गरेको बिज्ञप्तिमा रक्षा मन्त्रालयले नेपालको मृल्यबृद्धिको आधारमा पेन्सन बढाउने घोषणा गरेको उल्लेख छ । सन् २००९ मा नेपाल राष्ट्र बैंकले ११.३ प्रतिशत मुल्य बृद्धि भएको तथ्यांक प्रस्तुत गरेको उल्लेख गरिएको छ । 'यो पेन्सनको बृद्धिले पूर्वगोर्खाहरुको सम्बन्धमा हाम्रो प्रतिबद्धता प्रतिबिम्बित हुन्छ' बेलायती राजदूत डा. एन्ड्रु हलले भने, 'गोर्खाहरु दुई देशबीचको निकट सम्बन्धका प्रतिक हुन् ।' बेलायती सेनाबाट अवकास पाएका करिव ३० हजार गोर्खाहरु छन् । तिनीहरु मध्ये कतिपय अवासीय भिषा पाएर बेलायत गइसकेका छन् । साथै गोर्खाहरुले लामो समयदेखि बेलायती समकक्षी बराबरको पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।

No comments: