News

Mar 9, 2010

हङकङमा १०० औं नारी दिवस हर्षोल्लासका साथ मनार्इयो

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सन् २०१० मार्च ०७ तारिखका दिन हङकङ कन्फिडेरेसन ट्रेड यनियन (HKCTU) ले १०० बर्षपुगेको उपलक्ष्यमा विश्व नारी दिवस धुमधामका साथ मङककको कइ पुइ छोइ काई स्ट्रीटको वरीपरी र सेन्ट्रलमा विभिन्न नारा लगाउदै परिक्रमा गरेर मनायो । उक्त कार्यक्रममा हङकङ कन्फिडेरेसन ट्रेड यनियन (HKCTU) सम्वद्ध पदाधिकारीहरु नारी माथि विभेद रहेको र काम गर्दा समेत ज्यालामा कम दिर्इने भएकाले सो विभेद हटार्इ सरकारले समान अवसर दिनु पर्छ भनेर आफ्ना मागहरु अगाडी राखेका थिए । त्यस्तै विभिन्न देशबाट घरेलु कामदारको रुपमा हङकङ कार्यरत कामदारहरुको कामको ज्याला कम्तिमा हङकङ ३३ डलर हुनुपर्छ भनेका थिए । बोल्ने क्रममा हङकङ घरेलु कामदार संस्थाका सचिव श्रीमति कल्पना तुम्रोकले पनि हङकङमा विदेशी कामदारहरुले समान अवसर पाउँनु पर्छ भनेर सम्पूर्ण घरेलु कामदारहरुको समस्यालार्इ अगाडी सार्नु भएको थियो । यसरी आफ्नो समस्याहरु राख्दै विभिन्न देशका घरेलु कामदार महिलाहरुले बोलका थिए । उक्त १०० औं नारी दिवस अवसरमा नेपाली तथा चार्इनिज पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त दिन विश्वभरि १०० औं नारी दिवस हर्षोल्लासका साथ मनार्इएको थियो ।

No comments: