News

Mar 2, 2010

भरतपुर मेडिकल कलेजका प्रबन्ध निर्देशकमाथि गोली प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १८- गोली हानी जमिम शाहको हत्या भएको महिना दिनपछि लाजिम्पाटमा फेरि गोली चलेको छ। भरतपुर मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. नागेन्दर पम्पाटीमाथि साँझ ६:२७ मा रानीबारीमा गोली प्रहार भएको हो। गाडीबाट ओर्लेर गेट खोली घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। आक्रमणकारीले उनी चढेको बा ६ च ९९९९ रेञ्जरोभर गाडीको देब्रेपट्टिको एक राउन्ड गोली प्रहार गरेका थिए। उनी सुरक्षित छन्। चालकले मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बन्दूक झिकेको देखेपछि घरभित्र गाडी नमोडी सोझै अघि लगेका कारण उनी जोगिए। गोली प्रहार गरेपछि आक्रमणकारी सामुखशीतर्फ भागेका थिए। आक्रमणकारीले कालो पल्सर प्रयोग गरेकाले उपत्यकाभरिका कालो पल्सर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार हालसम्म पाँच सयभन्दा बढी पक्राउ गरिएको छ।पम्पाटी गल्फ खेलाडी समेत रहेका भारतीय नागरिक पाम्पाटी हैदरवादका स्थायी निवासी हुन्।कालो पल्सर बाइकमा आएका व्यक्तिले गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताए। अहिले प्रहरीले रानीबारी क्षेत्रका सबै नाका ब्लक गरेर गोली हान्ने व्यक्तिको खोजी गरिरहेको छ। कुन व्यक्तिले किन गोली प्रहार गरेको भन्ने अनुसन्धान प्रहरीले थालेको छ। आज गोली प्रहार भएको स्थान जमीम शाहलाई हत्या गरिएको भन्दा २ सय मिटर उत्तर-पश्चिमतर्फ पर्छ।

No comments: