लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १८,सरकार परिवर्तन सहितका मुद्दामा प्याकेजमा सहमति खोज्ने भनिए पनि गोदावरीको रिसोर्टमा बसेको उच्चस्तरीय संयन्त्रको बैठक निस्कर्षमा पुग्न सकेन। बैठक भोलि फेरि बस्ने सहमति भएको छ। बैठकमा सेना समायोजन र राज्य पुनर्संरचनाका विषयमा बढी छलफल भएको बैठकबाट बाहिरिएका नेताहरुले जनाए। कांग्रेस र एमालेले जति हतियार छन् त्यति संख्यामा सेना समायोजन गर्ने प्रस्ताव राखेको र माओवादी पक्षले त्योभन्दा बढी गर्नुपर्ने बारे छलफल भएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए।बैठकमा सहभागी एमाले नेता केपी ओलीले सहमतिका लागि छलफलको सुरुवात भएको बताउँदै बैठक भोलि पनि बस्ने जानकारी दिए।
No comments:
Post a Comment