News

Mar 13, 2010

विश्वदिप लिङ्गदेनलाई अनियमितताको आरोपमा निलम्बन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, फाल्गुन २९ - माओबादीको कोचिला राज्य समितिले आफनो पार्टीबाट संबिधानसभामा निर्बाचित झापा क्षेत्र नम्बर ७ का सभासद विश्वदिप लिङ्गदेनलाई अनियमितताको आरोपमा निलम्बन गरेको छ । शुक्रबार सांझ कोचिला राज्य समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको समिति सदस्य गगन पुरीले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय समिति सचिब सिपी गजुरेलको समेत उपस्थिति थियो ।पुरीका अनुसार लिङ्गदेनले गरेको अनियमितता छानविन गर्नका लागि लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिब मुक्साहाङ्गको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितीमा झापा जिल्ला सहइन्चार्ज ज्योती सिंह दर्लामी र मोहन तिम्सिना रहेको तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई सात दिन भित्र राज्य समितिमा प्रतिबेदन बुझाउन भनिएको छ ।
लिङ्गदेनले काठमाडौका हरिभक्त पराजुलीसंग मिलेर दमकका रामप्रसाद नेउपाने र रतनराज उदासको घर जग्गा आफ्नी श्रीमतीको नाममा पास गराएको आरोप पार्टीले लगाएको छ । उनले दमक नगरपालिका साबिकको वडा ६ को कित्ता १३४०० को छ धुर र सोही स्थानको कित्ता नम्बर १३७९१ को चार धुर जग्गा गत असोज १८ गते काठमाडौ जिल्ला अदालतबाट वारेसनामा ल्याई आफ्नी श्रीमती दिलकुमारीका नाममा मालपोत कार्यलय दमकमा असोज २८ गते पास गरेको अभिलेख देखिन्छ ।
लिङ्गदेनले वारेस ल्याएर श्रीमतीलाई पास गरिदिएको सो जग्गाको मूल्य अहिलेको बजार भाउमा करिब ७०लाख रुपैंया पर्ने स्थानियबासिन्दाहरु बताउछन् ।
दुई जना पीडित रतनराज रामप्रसादले आफ्नो जग्गा सभासदले हडपेको भन्ने ब्योहोराको उजुरी जिल्ला पार्टीमा दिएपछि गत कार्तिक १५गते देखि नै उनलाई पार्टीले निगरानी गर्दै आएको थियो ।
सभासद लिङ्गदेनले भने आफूमाथि पार्टीको नाममा रहेका केही भाटहरुले षडयन्त्र गरेको आरोप लगाएका छन् । आफूभन्दा माथि पार्टी रहेकाले छानिवनको अधिकार उसलाई हुन तर छानविन नै नथाली निलम्बन गर्नुले षडयन्त्रको स्पष्ट गन्ध आएको उनले प्रतिक्रिया दिएका छन् ।

No comments: