लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, फाल्गुन २९ - यातायात मजदुर र प्रसासनबीच सहमति भएपछि तीनदिन देखि बन्द रहेको मेची अञ्चलको यातायात शनिबार सांझ देखि सञ्चालन भएको छ । प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठका अनुसार पीडित पक्षलाई राहातका लागि ५ लाख रुपैंया दिने सहमति भएपछि मजदुरहरुले यातायात बन्द फिर्ता लिएका हुन् । श्रेष्ठका अनुसार ५लाख मध्ये अढाइ लाख रुपैंया बेहुलाको परिवारले र बांकी रकम बिभिन्न संघसंस्थाहरुबाट संकलन गरेर उपलब्ध गराउने सहमति भएको छ । मजदुर ब्यबसायीहरुले राखेका अन्य मागहरुको सम्बन्धमा पनि प्रसासन सकारात्मक रहेको श्रेष्ठले बताए । मजदुरहरुले छतमा यात्रु बस्न नपाउने,यातायातका साधन भाडामा लिंदा तिनका स्टाफ र साधनको जिम्मा सम्बन्धित ब्यक्तिले लिनुपर्ने लगायतका कुरामा प्रसाशन सकारात्मक रहेको श्रेष्ठले बताए । शनिबार दिउसो जिल्ला प्रसासन कार्यलय चन्द्रगढीमा सर्बपक्षीय वार्ताको आयोजना गरिएपछि सांझ सो सहमति भएको हो ।
No comments:
Post a Comment