लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व रुसी टेनिस सुन्दरी अन्ना कुर्निकोभाका लामो समयदेखिका गायक प्रेमी एंरिक इग्लेसियाजले अन्ततः आफू विवाहका लागि तयार रहेको बताएका छन् । यद्यपि, उनले आफूहरूबीच पहिल्यै नै विवाह भइसकेको भन्ने समाचारको फेरि पनि खण्डन गरेका छन् ।३३ वर्षीय गायकले डेली स्टारलाई भने, 'म विवाहित होइन, तर चाँडै विवाह गर्दै छु ।'साथै उनले सञ्चारमाध्यमले धेरैअघि नै आफ्नो र अन्नाको विवाह गरिदिइसकेको भए पनि वास्तविक विवाह गर्न बाँकी नै रहेको बताए ।लामो समयदेखि कुर्निकोभासँग सम्बन्ध गाँसे पनि इग्लेसियाज भने उनीप्रति विश्वस्त हुन सकिरहेका थिएनन् । तर, अब उनले कुर्निकोभालाई भद्र महिलाका रूपमा लिन थालेका छन् ।'अन्ना वास्तवमै पूर्ण महिला हुन्,' उनले भने, 'हामीबीच सबै राम्रो छ ।'केही समयअघि उनकी प्रेमिकाले आफूप्रति विश्वास रहे/नरहेकोबारे प्रश्न सोधेपछि भने इग्लेसियाज भावुक बनेका थिए । 'म लामो समयदेखि अन्नासँग विवाह गर्न चाहन्थेँ, तर उनको सामीप्यमा यो सबै बिर्सन्थेँ,' इग्लेसियाजले भने ।इग्लेसियाजले विवाहको प्रस्ताव राखेपछि कुर्निकोभा पनि अति खुसी भएकी छिन् । उनी आफ्नो व्यस्ततालाई कम पार्ने अभियानमा पनि लागेकी छिन् । हिजो-आज उनका दिन खरिददारीमा बित्न थालेको छ । जसलाई सञ्चारमाध्यमले विवाहको तयारीका रूपमा परिभाषित गर्न थालेका छन् ।यसैगरी, कुर्निकोभाले प्रेमीबाट विवाहको प्रस्ताव आएपछि आफ्नो पहिरनमा समेत ध्यान दिन छाडेको भान पर्न थालेको छ । गत साता एक च्यारिटी कार्यक्रममा कुर्निकोभाले लगाएको पहिरनबाट सबै छक्कसमेत परेका थिए । सो कार्यक्रममा कुर्निकोभाले पातलो सेतो टिसर्टभित्र कालो ब्रा लगाएको देखेपछि उपस्थित अन्यले उनले पहिरनमा ध्यान दिन छाडेको प्रतिक्रिया दिएका थिए । कुर्निकोभाकै पहलमा भएको सो कार्यक्रमले तीन करोड ८० लाख अमेरिकी डलर उठाएपछि भने उनको लोकपि्रयतामा कमी नआएको महसुस गरियो ।

No comments:
Post a Comment