News

Mar 5, 2010

विद्युत्त आपुर्ती नहुँदा इन्टरनेट सेवामा समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ मार्च, २०१०रुकुम –जिल्लामा संचालन गरिएका इमेल इन्टरनेट सेवा अनियमित विजुली प्रशारणका कारण सेवामा समस्या आएको छ । लामो लोडसेडिङ र अनियममित विद्युतका कारण जिल्लास्थित खोलिएका सयौ उद्योगधन्दा, कलकारखाना, पत्रपत्रिका, रेडियो लगायतका काममा अप्ठ्यारो हुने गरेको छ ।जिल्लाको बाफिकोट गाविसबाट उत्पादन भएको रुकुमेली विद्युत प्रशारणलाईनको क्षमता २५० किलोवाट भएपनि क्षमताभन्दा बढि विद्युत लाईन विस्तार गरेकै कारण यस्तो समस्या आएको हो । विजुली अनियमित भएपछि इमेल इन्टरनेट प्रयोगकर्ता घट्नुका साथै इन्टरनेट सेवा प्रभावित बनेको छ । त्यसको उदाहरण रुकुममा संचालनमा आएको सामुदायिक इन्टरनेट सेवामा हो । अन्य ठाउँमा संचालन गरिएका इमेल इन्टरनेट सेवा अनियमित विद्युतका कारण बन्द भएका छन् । अहिले जिल्लामा एउटामा मात्रर् इमेल इन्टरनेट सेवा रहेको छ । अहिले इमेल गर्न दैनिक करिव तीन घण्टा पालो कुरेर वस्नु पर्ने वाध्यता छ । विजुली बतीकै कारण र भौतिक स्रोत साधनको अभाव कारण एक सेवा वन्द हुने अवस्थामा छ । उक्त ग्रामिण सुचना केन्द्र जिल्लामा एउटै भएकै कारण सो इन्टरनेटमा वस्न घण्टौं पर्खनु पर्ने बाध्यता समेत रहेको छ । दुई वर्षअघिदेखि समुदायले नै सञ्चालनमा ल्याएको एक मात्र इन्टरनेट सेवामा एउटा कम्युटर मात्र भएकाले तीन घण्टा पालो कुर्नु परेको हो । ग्रामिण सुचना केन्द्र रुकुमले सूचना प्रविधि केन्द्र नेपाल सिआइटी र उच्च स्तरीय सूचना आयोगको भौतिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको छ । विजुली राम्रोसँग प्रशारण नभएका कारण सेवाका लागि मानिसहरु पनि कम आउने गरेको बताएका छन् । आम्दानी भन्दा खर्च वढि हुने गरेकाले पनि सो सेवा समस्यामा परेको छ ।

No comments: